ललितपुरको ग्वार्को फ्लाइओभरको काम ठप्प, निर्माण कम्पनी सम्पर्कविहीन
ललितपुर | माघ २२, २०८१
ललितपुर: ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पुनः रोकिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको भनिएको फ्लाइओभर ठेकेदार कम्पनीले बीचमै काम छाडेका कारण माघ महिना लागेदेखि कुनैपनि प्रगति छैन ।
सडक विभागले भने ठेकेदारसँग सम्पर्क गर्न प्रयास गरिरहेकोले आउँदो चैत महिनाभित्र काम सक्नेगरी योजना बनाइरहेको जनाएको छ ।
अहिले ग्वार्को फ्लाइओभर बनाउने ठाउँमा कामदार देखिदैनन् । माघ महिना शुरु भएदेखि नै काम हुन नसकेको प्रत्यक्षदर्शी बताउँछन् ।
फ्लाइओभरको काम अन्तिम अन्तिम चरणमा पुगेको देख्न सकिन्छ भने त्यहाँसम्म जाने सडक पनि कालोपत्र गर्नको लागि तयारी गरिएको अवस्थामा देखिन्छ । छेउछाउमा रेलिङ राख्ने काम भने बाँकी नै छ ।
सडक विभागका अनुसार ग्वार्को फ्लाइओभरको काम करिब ८२ प्रतिशत सकिएको छ । बाँकी काम गरिरहेको आशिष(समानान्तर(रेलिगेर जेभीले एक्कासी काम छाड्दा निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ ।
सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने हो । तर यो समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो ।
यो समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । सो समयभित्र पनि काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो ।
निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो । ठेकेदारले दैनिक रुपमा ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्थ्यो ।
सडक विभागका अनुसार निर्माण कम्पनीले ठेक्का रकमको ० दशमलब ०५ प्रतिशतका दरले दैनिक ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको हो । निर्माण कम्पनीले जति छिटो काम सम्पन्न गर्यो त्यति कम हर्जाना लाग्थ्यो ।
तर ८२ प्रतिशत मात्रै काम सम्पन्न गरेर निर्माण कार्य रोकिंदा पनि ठेकेदार कम्पनिले तिर्नुपर्ने हर्जना भने तिर्नैपर्ने हुन्छ । एक्कासी निर्माण कम्पनीले काम छाड्दा सडक विभाग भने के गर्ने भन्ने छलफलमा जुटेको छ ।
सरोकारवालाहरुसँग छलफल गरी छिटै काम शुरु गरेर अबको तीन महिनामा सबै काम सक्ने विभागको दाबी छ ।
ठेक्का भएको करिब एक वर्षमा डिजाइनमा समस्या देखाएर काम रोकियो । नयाँ डिजाइन बनाएर काम गरिरहँदा बर्खाको समयमा चार महिनासम्म काम रोकियो ।
त्यसपछी निर्माणले गति लिएपनि फेरी अहिले ठेकेदार कम्पनीले काम बन्द गरेका हुन् । फ्लाइओभर निर्माण शुरु भएदेखि नै सवारी जामको सास्ती खेप्दै आएका यात्रु र स्थानीय अब झन् बढी चिन्तित बनेका छन् ।
निर्माण सम्पन्न हुँदा ग्वार्को फ्लाइओभरमा ५ सय मिटर एमएसई वाल भएको सडक बन्नेछ । जसमा कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८० मिटर एमएसई सडक निर्माण हुने सडक विभागले जनाएको छ ।
ग्वार्को फ्लाइओभर निर्माणका लागि करिब १७ करोड ६ लाख ८८ हजार रुपैयाँ कुल लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

